२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पूर्व प्रधानन्यायाधीशले अदालतलाई धम्क्याउनु गलतः प्रधानमन्त्री ओली

२५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चुनाव गराउँदैन भन्नु चुनावबाट डराउने पानी मरुवा भएको संज्ञा दिँदै तोकिएकै मितिमा चुनाव हुने बताउनुभएको छ । युवा संघको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको भनी आपत्ति समेत जनाउनुभयो ।

उहाँले भन्नुभयो– ‘म भन्न चाहान्छु, सर्बोच्च अदालतको सर्बोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै वैशाख १७ र २७ गते नै चुनाव हुने दृढता राख्नुभएको हो । ‘केपी ओलीले चुनाव गराउँदैन भन्नेहरु चुनावबाट डराउने पानी मरुवा हुन्, उहाँले भन्नुभयो ।प्रधानमन्त्रीले संविधानमा व्यवस्था भएको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु अति जान्ने सुन्ने निस्केर अरु इजलास माग गर्न थालेकोमा आश्चर्य जनाउनुभयो ।

प्रकाशित मिति : 18:27