७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर देशलाई बचाउनुभयो : मन्त्री थापा

२५ पुस, काठमाडाैँ । खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर कू गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको हो ।

देशलाई कूको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको बताउनुभयो । मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि प्रचण्डलाई धोका नदिएको समेत बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताउनुभयो । आफूलाई मन्त्री बन्ने कुरा ठुलो नभएको तर देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको बताउनुभयो ।

प्रतिनिधि सभा विघटन सम्बन्धी कदम कानूनी भन्दापनि राजनीतिक निर्णय भएको बताउनुभयो । राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दावी समेत गर्नुभयो ।

प्रकाशित मिति : January 9, 2021 at 5:56 pm