२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

ओलीको पक्षमा काठमाडाैँमा धोति जुलुश, अबको १० वर्ष ओली भन्दै हजारौँ युवा सडकमा

२५ पुस, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पक्षमा शनिबार काठमाडौँमा हजारौँ युवाले प्रदर्शन गरेका छन । राष्ट्रिय युवा संघको नेपालको आयोजनामा भएको प्रदर्शनमा हजारौँ युवाहरू मोटरसाइकल सहित सहभागी भएका छन । यता बानेश्वरदेखि युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतको नेतृत्वमा धोति जुलुश भएको छ । जहाँ अबको १० वर्ष केपी ओलीले देशको नेतृत्व गरेर सम्पूर्ण नेपालीको समृद्धिको चाहना पूरा गर्नुपर्ने नारा लागेको छ ।

  

प्रकाशित मिति : 17:50