२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

चार पूर्व प्रधानन्यायाधीशले मर्यादाका सबै सीमा भत्काएः उपाध्यक्ष प्याकुरेल

२५ पुस, काठमाडाैँ । प्रदेश नम्बर १ काे प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले चार पूर्व प्रधानन्यायाधीशको एउटा जत्थाले विचारधिन ममलामा सार्वजनिक कोकोहोलो गरेर मर्यादाका सबै सीमा भत्काएको बताएका छन । चार पूर्व प्रधानन्यायाधीशले हुल बाँधेर विज्ञप्ति जारी गरेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै उपाध्यक्ष प्याकुरेलले यस्तो बताएका हुन ।

उनले भनेका छन ‘अब यत्ति त भन्नै पर्छ, पूर्व न्यायाधीशहरुको एउटा जत्थाले विचाराधीन मामिलामा यसरी सार्वजनिक रुपमा कोकोहोलो गर्नुले मर्यादाको सबै सीमा भत्काइयो। फैसला जे आओस, नजीर बिग्रियो। अराजकहरु देशको हरेक कोठा चोटामा पुगिसकेका रहेछन, प्रमाणित भयो। अन्तिम युद्धको ललकार गरेका हुन? नेपाल सिंगै लज्जा ग्रस्त भइन।’

प्रकाशित मिति : January 9, 2021 at 10:46 am