२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सूर्य चिन्ह ओली समूहले नै पाउँछ द्विविधामा नपर्नुस्ः उपप्रधानमन्त्री पोखरेल

२४ पुस, काठमाडाैँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता इश्वर पोखरेलले केपी शर्मा ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको हो ।

उहाँले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गर्नुभयो । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताउनुभयो । यदी कानूनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताउनुभयो । स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गर्नुभयो । सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताउनुभयो ।

प्रकाशित मिति : 20:39