२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रधानमन्त्री ओली सुदुरपश्चिम प्रदेश जाँदै, धनगढीमा हुने विशाल सभामा सम्बाेधन गर्ने

२४ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिम प्रदेश जान लाग्नुभएको छ । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलोपल्ट आज काठमाडौं बाहिरको सभामा सम्बाेधनका लागि निस्कन लाग्नुभएको हो ।

चुनाव घोषणापछि संगठन विस्तार र सुदृढीकरणमा खटिएको नेकपालाई अझै हौसला प्रदान गर्न प्रधानमन्त्री शुक्रबारबाट देश दौडाहामा निस्कन लाग्नु भएको हो । यसको शुरुवात सुदुरपश्चिम प्रदेशबाट गर्दै हुनुहुन्छ । सुदुरपश्चिम प्रदेशको धनगढीमा हुने सभामा प्रधानमन्त्रीले मध्यान्ह १२ बजो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 09:11