५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीतमा कविता र शक्तिको रोमान्स


२२ पुस, काठमाडौंँ । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा फिल्मको शीर्ष गीत सार्वजनिक गरियकाे हाे । गीतको भिडियोमा कविता मानन्धर र शक्ति श्रेष्ठको भूमिका रहेकाे छ । कविता अभिनेत्री करिष्मा मानन्धरकी छोरी हुन् भने शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् ।

यी दुईले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका हुन् । साथै यस चलचित्रमा नेपालका बरिष्ठ नायक शिव श्रेष्ठ,नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी,वर्षा राउत,संजोग कोइराला, बसुन्धारा भुसाल,आड.तेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोड.,रेखा फागो, नरेन खड्का,ध्रुब कोइराला,प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय रहेको छ ।

दिनेश सापकोटाको निर्देशनमा तयार भएको यो फिल्म माघ १ गतेदेखि प्रदर्शन गरिने फिल्म टिमले जनाएका छन् । फिल्मको शीर्ष गीत सुष्मा रुपाबाङ राईले लेखेकी हुन् भने वसन्त सापकोटाले संगीत निर्देशन गरेका हुन् । यस गीतमा रिकेश गुरुङको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेकाे छ । यस गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर सुन्न सकिन्छ ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १५:१३