५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गायक सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ सार्वजनिक


२२ पुस, काठमाडाैँ । पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा सर्जुनलाई सानु तामाङले साथ दिएका छन । यस गीतमा शब्द तथा संगीत बिश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ । लोकपप शैलिको यस गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ ।


खोटाङको रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे , नुनथला, अर्खौले, जयरामघाट लगाएतमा ठाउँमा खिचिएको भिडियोको निर्देशन तथा छायांकनमा अनिल के मानन्धरको रहेको छ । लोकपप शैलिको यस गीतले बिहे गरेर लाहुर गएको आफ्नो प्रेमिले प्रेमिकालाई कतिसम्म माया गर्छन र कतिसम्म कुर्छन भन्ने बिषयलाई प्रस्तुत गरिएको छ ।

खोटाङ जन्मथलो रहि राजधानिमा आफ्नो कर्मथलो बनाएर केही बर्षयता साँगीतिक क्षेत्रमा संघर्षशिल सर्जुन राईको यस गीतले सबै दर्शकश्रोताको मन जित्ने टिमको बिश्वाससमेत रहेको छ ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १४:२२