५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

म एक वर्षदेखि भोको छु र यो भोक जीवनभर मेटिनेछैनः नायिका ऋचा शर्मा


१९ पुस, काठमाडाैँ । नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ,त्यो कुनो म बाँचुन्जेल कहिल्यै भरिनेछैन अब ।

आमा भनेका घर हुन् । त्यो घर, जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ । जीवन दिनेहरू ईश्वर हुन् । मेरी ईश्वर मबाट टाढा गएको आज एक वर्ष भयो । उहाँ गएपछि मेरो जीवनले ओत गुमायो । अर्थ गुमायो । मैले मेरो शीरमाथिको ब्रह्माण्ड गुमाएँ । आमाबीनाको जीवनलाई परिभाषा गर्दै उनी लेख्छिन् ‘उहाँबिनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य त छन् तर अर्थ र आत्मा छैन ।अन्त्यमा उनले लेखेकी छिन् ‘आमा ! सन्तानहरू मायाका भोका हुन्छन् । म एक वर्षदेखि भोको छु र यो भोक जीवनभर मेटिनेछैन ।

प्रकाशित मिति : १९ पुष २०७७, आईतवार १३:५६