१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

प्रभु लाइफको शेयरमा खरिदकर्ताको चाप, बिक्रीकर्ता भने शून्य

१९ पुस, काठमाडाैँ। प्रभु लाइफ इन्स्योरेन्सको शेयरमा खरिदकर्ताको चाप बढेको छ। कोरोबार खुलेको पहिलो दिन कम्पनीको शेयरमा खरिदकर्ताको चाप देखिएको हो। कम्पनीकाे शेयर कारोबार तल्लो रेञ्ज नजिकबाट कारोबार खुलेपछि बिक्रीकर्ता शून्य देखिएको हो।

स्पेशल प्रि ओनिङ्ग सेसनमा कम्पनीको १० कित्ता शेयर १३७ रुपैयाँ किनबेच भएको थियाे। त्यस अनुसार नियमित सेसनमा कम्पनीकाे शेयर कारोबार खुलेको हाे। यस दिन अहिलेसम्म १३७ रुपैयाँमा ८० कित्ता शेयर किनबेच भएको छ।

पाैष १७ गते, शुक्रबार नेप्सेमा यस इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको थियो। पहिलो कारोबारको लागि इन्स्योरेन्सले १०९ रुपैयाँ ५६ पैसा देखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।

प्रकाशित मिति : January 3, 2021 at 12:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/