२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देख्ने भुल गरेः मन्त्री भट्ट

१८ पुस, काठमाडाैँ । उद्योगमन्त्री लेखराज भट्टले केपी ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देख्ने भूल गरेको आरोप लगाएका छन् । भट्टले काठमाडौँको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा ओली पक्षधर नेकपा रामेछाप–काठमाडौँ सम्पर्क मन्चको भेलालाई सम्बोधन गर्दै  प्रचण्डमा पदको आशक्ति चुलिएपछि माधव नेपालसँग मिलेर ओलीमाथि अराजनीतिक आक्रमण गरेको आरोप लगाए ।

मन्त्री भट्टले भने, केपी ओली मिर्गौला प्रत्यारोपण गरेर फर्किनुहुन्न भन्ने रहेछ । त्यसपछिमात्र उहाँले (प्रचण्ड)ले चलखेल थाल्नुभयो । केपी ओलीको मृत्युमा आफ्नो जीवन देख्ने भुल कमरेड प्रचण्डले गर्नुभयो ।

प्रचण्ड निर्माणको होइन ध्वंसको नेता हुन् भन्दै मन्त्री भट्टले शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डले १० वटा सरकार गिराएको आरोप लगाए ।

मन्त्री भट्टले सभामुख अग्नि सापकोटाले कीर्ते गरेको आरोप समेत लगाए । पुस ५ गते अपरान्ह साढे ३ बजे प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लिएर गएका प्रचण्ड माधव नेपालपक्षका सांसदको पत्रलाई सभामुखले कीर्ते गरेर साढे १० बजेको मिति राखेर दर्ता गर्न लगाएको भट्टको आरोप थियो ।

प्रकाशित मिति : 12:33