२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अल्पमत र बहुमतको टुंगो चुनावपछि मात्र हुन्छः प्रधानमन्त्री ओली

१७ पुस, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र बहुमत र अल्पमतको टुंगो चुनावपछि मात्र लाग्‍ने बताएका छन्।  प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले भने, ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ । बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ ।

चुनावपछि बहुमत को हो, अल्पमत को हो ? प्रमुख पार्टी को हो ? तपाई हामीले देख्ने छौँ ।’शुक्रबार अंग्रेजी नयाँ वर्षका अवसरका प्रवासी नेपालीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्‍यक्त गरेका हुन्। पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको ओलीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मेहेनतका साथ काम गरिरहेकाले धेरै चिन्ता लिनुपर्ने र निराश हुनुपर्ने अवस्था नभएको बताएका छन्।

प्रकाशित मिति : 15:30