५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिव श्रेष्ठ र प्रियंका कार्कीको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने


१७ पुस, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता शिव श्रेष्ठको नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की देखिएका छन् । तस्बिमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । दीपेश सापकोटाको निर्देशन रहेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको हो । यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेको फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा रहेका छन् ।


शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको फिल्मबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १४:००