१० असार २०८३, बुधबार | Thu Jun 25 2026

नयाँ वर्षको अवसर पारेर अभिनेत्री शर्माद्वारा ‘कौसिद’ निर्माणको घोषणा

१७ पुस, काठमाडौँ । नायिका ऋचा शर्माले नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ चलचित्रको घोषणा गरेकी छिन्। उनले चलचित्र ‘कौसीद’ निर्माण गर्न लागेकी हुन्। केदार भुसाल निर्माता रहेको उक्त चलचित्रको निर्देशन कुमार भाष्करले गर्नेछन्। यस चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ ।


चलचित्रमा लक्ष्मण बाँनिया सह–निर्माताको रुपमा छन् भने दीमेश श्रेष्ठको कार्यकारी निर्माताको रुपमा छन् ।“बैंकबाट ऋण निकालेर घर बनाउनेहरूले निकै सास्ती भग्नुपर्छ। त्यही विषयलाई चलचित्रमा समेटेका छौं,” उनले भनिन्। ।नायिका ऋचा शर्माले आफ्नो प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई नयाँ जोश र उत्साहका साथ बनाउने बताएकी छिन् ।

प्रकाशित मिति : January 1, 2021 at 1:29 pm