५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इन्दिरा जोशीको ‘आगो हो’ सार्वजनिक


१६ पुस, काठमाडाैँ । गायिका इन्दिरा जोशी र अमरको गीत ‘आगो हो’ सार्वजनिक भएको छ । गितमा मोडल एन्जिला ढकालले अभिनय गर्नुभएको छ । सुमिट ढुंगेलको कथा र निर्देशन रहेको भिडियोमा ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिकालगायत कलाकारको अभिनय देखिन्छ ।

आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ हुनुहुन्छ । डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो सुपर चमत्कारिक शक्तिको विश्वासमा आधारित छ । गायिका जोशीको साथमा अभिनित सो भिडियो ढकालले पहिलो पटक अभिनय गर्नुभएको हो ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार २०:०१