७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मुख्यमन्त्री राईले गरे अविश्वासको प्रस्ताव ल्याउने आचार्यसहित १५ जना सांसद निलम्बन

१६ पुस, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन्। मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेको घोषणा गरेका हुन्।

निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा रहेका छन् । राईले अविश्वासको प्रस्ताव दर्ता गरेकोमा स्पष्टीकरण सोधेका थिए । तर

जवाफ पेश नगरेकाले राईले नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि काममा भाग लिन नपाउने गरी उनिहरूलाइ निलम्बन गरेका हुन् ।

प्रकाशित मिति : December 31, 2020 at 3:47 pm