प्रदेश २ मा शून्यतातर्फ प्रचण्ड गुट, पूर्व माओवादीका ६ सांसद ओली समूहमा
१५ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड गुट प्रदेश नम्बर २ मा शून्यताको बाटोमा गएको छ । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरूले धमाधम प्रचण्डको बाटो छाडेर केपी शर्मा ओली समूहमा खुल्न थालेका छन । बुधबार मात्रै प्रदेश २ का ६ सांसदले प्रचण्ड समूह छाडेर ओली समूहमा क्रियाशिल हुने निर्णय गरेका छन ।

जनयुद्ध कालमा समेत प्रचण्डको पक्षमा रहेका ६ जना सांसदले ओली समूह रोजेका छन । बाराका सांसद मोहम्मद समिर, सिरहाका सांसद फुलियादेवी सदा, सिरहाका दिलिपकुमार साह, रौतहटका कुन्दनप्रसाद कुशवाहा, बाराकै ज्वाला कुमारी साह, धनुषाका रामचन्द्र मण्डल रहेका छन । यसअघि प्रभु साह लगायतका नेताहरूले प्रचण्ड समूह त्यागिसकेका छन ।
प्रकाशित मिति : 19:15









