२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

विचरा प्रचण्ड र माधव नेपालहरू पदका लागि सडकमा पुगेः मन्त्री भट्ट

१५ पुस, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पदका लागि माइतीघरको सडकमा सुत्न पुगेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदुरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाइ काठमाडाैँमा सम्बाेधन गर्दै मन्त्री भट्टले पदका लागि प्रचण्ड र नेपालले धैर्यता गुमाएर पार्टी फुटाएको बताउनुभयो ।

उहाँले प्रचण्डले जहिल्य पनि देशमा विपत्ति सिर्जना गर्ने काम मात्र गरेको बताउनुभयो । मन्त्री भट्टले पार्टी र संघीयताको रक्षा गर्नका लागि आफू केपी ओलीको पक्षमा लागेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो ‘पार्टी र संघीयताको रक्षाको लागि म ओली पक्षमा लागेको छु । प्रचण्ड र माधव नेपालले पार्टी फुटको घोषणा गर्नुभयो । पार्टी, संघीयता र गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्रीसँग काँधमा  काँध मिलाएका छौँ ।’

उहाँले सरकारलाई काम गर्न नदिएपछि संसद विघटन गरिएको बताउँदै प्रचण्ड र नेपालले पदका लागि नै पार्टी फुटाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘उहाँहरू पदको लागि माइतीघरको सडकमा सम्म पुग्नुभएको छ । दाहालले जहिले पनि देशलाई महाविपत्तीमा लग्नुहुन्छ ।’

प्रकाशित मिति : 17:09