‘प्रचण्डहरूले सडकमा आक्रोश पोख्दा प्रधानमन्त्री ओलीको बाध्यता जनताले वुझ्न पाएका छन’
१४ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको अर्को समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड लगायतले सडकमा गएर आक्रोश पोख्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यता जनताले वुझ्न पाएको बताएका छन । मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत उनले प्रधानमन्त्री ओलीको बाध्यता जनताले वुझ्न पाएको बताएका हुन ।

उनले भनेका छन ‘ठूला नेताहरु सडकमा पुगेर जति आक्रोश पोख्तै हुनुहुन्छ, त्यतिनै प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको वाध्यता जनताले वुझ्न पाउदैछन् ।’
प्रकाशित मिति : December 29, 2020 at 7:52 pm









