नेकपाको प्रचण्ड-माधव गुटले सूर्य चिन्ह अंकित झण्डाको यसरी गरे दुरूपयोग (फोटोफिचर)
१४ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव गुटका नेता कार्यकर्ताले पार्टीको झण्डा र चुनाव चिन्हको दुरूपयोग गरेका छन । सूर्य चिन्ह दाबी गरिरहेका उनीहरूले मंगलबार सडकमा सूर्य अंंकित झण्डा सडकमा राखेर बदम खाइरहेका थिए ।
सूर्य चिन्हको दाबी गर्नेहरूले नै दुरूपयोग गरेपछि अनेरास्ववियूका संयोजक ऐन महरले यसरी दुरूपयोग गर्नेलाइ झण्डा समेत नछुन अनुरोध गरेका छन । उनले भनेका छन ‘मार्चण्ड गुट नेकपा र सुर्य चिन्हको असली हकदार होइन भन्ने कुरा यो हर्कत ले स्पष्ट गर्छ। नेकपा र सुर्य चिन्ह को दावी त केवल ढोंग हो पाखण्ड हो। जनतालाई झुक्याउने केवल एउटा अस्त्र सिवाय केही होइन। खबरदार ! त्यो दलाल गद्धार र राष्ट्रघाती हातहरुले कम्युनिस्ट पार्टीको झण्डा र सुर्य चिन्ह अंकित झण्डा नछोउ ।’ तस्बीरहरूः पहिलोपोस्ट डट कमका रोजन श्रेष्ठ ।

प्रकाशित मिति : 19:13









