१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

सामान्य अंकले बढ्याे सेयर बजार

१४ पुस, काठमाडाैँ । आज नेप्से परिसूचक झिनो अंकले बढेको छ भने कारोबार रकम पनि सामान्य बढेको छ। आज परिसूचक ५.५७ अंकले बढेर २०१२.८९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले घटेर ३८२.४४ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटाकाे मुल्य बढेकाे छ भने बाँकी ८ वटाकाे मुल्य घटेकाे छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १९५.९ अंकले उकालो लागेको छ। अन्य समूह ५०.०७ अंकले बढेको आज निर्जीवन बीमा समूहमा ११.८५ अंक र लघुवित्त समूहमा ११.३७ अंकको बढोत्तरी भएको छ।

आज जीवन बीमा समूह सबैभन्दा धेरै ७०.०२ अंकले ओरालो लागेको छ। यो दिन बैंकिङ समूहमा ९.७ अंक, व्यापार समूहमा ३.२२ अंक, होटेल्स् समूहमा ४.५४ अंक, विकास बैंक समूहमा १८.९५ अंक, जलविद्युत् समूहमा १८.७२ अंक, वित्त समूहमा २.१५ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका ८० लाख १ हजार ३१४ कित्ता सेयर ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँमा कारोबार भएको छ। यो दिन नबिल बैंकको सर्वाधिक ५३ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम् सिमेन्ट्सको २७ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ९८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ७७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ८८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको ९ करोड ९७ लाख रुपैयाँ र नेपाल टेलिकमको ९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

आज दुईवटा कम्पनीका सेयरमूल्यमा पोजेटिक सर्किट लागेको छ। नागरिक लगानी कोष र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो। यो दिन मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : December 29, 2020 at 4:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/