२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

कांग्रेसले यस्तो निर्णय चाहियो भनेर अदालतलाई धम्क्याउदैनः सभापति देउवा

१३ पुस, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । सोमबार भक्तपुरमा भएको बिरोध प्रदर्शनमा सम्बाेधन गर्दै सभापति देउवाले अदालतले गर्ने निर्णयमा कांग्रेसको समर्थन रहने बताउनुभयो । उहाँले कांग्रेसले धम्काउने र तर्साउने काम नगर्ने बताउनुभयो । उहाँले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले कांग्रेसले प्रदर्शन गरेको बताउनुभयो । उहाँले नेकपाका कारण अदालत केही डराएको भन्दै कांग्रेसले अदालतलाइ प्रभावित गर्ने काम नगर्ने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : 17:15