२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

कञ्चनपुरमा नेकपाको दुई समूहबीच झडप

१२ पुस, कञ्चनपुर । कञ्चनपुरमा नेकपाको दुई समूहबीच झडप भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड समूहको बीचमा कञ्‍चनपुरको पार्टी कार्यालयमा सामान्य झडप भएको हो । प्रचण्ड-नेपाल पक्षले पार्टी कार्यालयमा बोलाएको भेला ओली समूहले बिथोल्न खोजेपछि सामान्य झडप भएको हो ।

प्रचण्ड समूहका नेता कार्यकर्ताका अनुसार पार्टी कार्यालयमा भेला बोलाइँदा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरेका थिए ।  ताला तोड्न खोजेपछि सामान्य ठेलमठेल भएको हो । स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । भेलामा नेता भीम बहादुर रावलले सम्बाेधन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : 14:33