५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अमृत र उमाको स्वरमा ‘मिरमिरे साईली’ सार्वजनिक


३ पुस, काठमाडाैँ । लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत ‘मिरमिरे साईली’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ११:२१