५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ सार्वजनिक


३० मंसिर, काठमाडाैँ । आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्बजनिक गरेका हुन् ।

उदयपुरका बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ । बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज÷मिक्सिङ पुस्कर सुनुवारको रहेको छ ।

आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्बजनिक गरिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १७:०९