५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रमोद खरेलको स्वरमा रहेकाे गीत ‘म छु विदेशमा’ सार्वजनिक


३० मंसिर, काठमाडौँ । प्रमोद खरेलको स्वरमा रहेकाे गीत ‘म छु विदेशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतकाे भिडियोमा गौरव पहारी र सृष्टि खड्काको रोमान्स रहेको छ ।

सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । निसान कश्यपको निर्देशन र सम्पादन रहेको यस म्युजिक भिडीयोले परदेशीको जोडीको प्रेमकथा देखाएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ०९:५८