प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुल्यो
२९ मंसिर, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। आजदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई र बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा छिटोमा पुस २ गतेसम्म र त्यस अवधीमा पर्याप्त आवेदन नपेरमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : December 14, 2020 at 8:07 am






