२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

बन्द्री पंगेनी र रचना रिमालको स्वरमा ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक (भिडियोसहित)


२८ मंसिर, काठमाडाैँ । बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालकाे स्वर रहेकाे छ । नारायण ज्ञवालीका शब्द रहेकाे गीतमा बद्री पङ्गेनी आफैँको सङ्गीत छ । गीतको भिडियो निर्देशनपनि बद्री पङ्गेनी आफैँले गरेका छन् ।


बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन रहेकाे छ । यस गीतले समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १२:४९