१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

साधना लघुवित्तले घोषणा गर्याे लाभांश,बोनस शेयर र नगद कति ?

२८ मंसिर, काठमाडाैँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकाे छ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। साे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : December 13, 2020 at 11:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/