१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै

२८ मंसिर, एजेन्सी । अमेरिकामा साेमबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।  फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप साेमबारदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । भ्याक्सिनको पहिलो ३० लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै साेमबारदेखि अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

प्रकाशित मिति : December 13, 2020 at 7:13 am