७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

तरकारी खाएको निहुँमा गाईको खुट्टा काटियो, नर्स दिया भण्डारीले गरिन उपचार (भिडियोसहित)

२ असार, काठमाडौं । भक्तपुरमा एकजनाले तरकारी खाएको निहुँमा गाईको खुट्टा काटिदिएका छन । गाईको खुट्टा काट्नेको नाम सार्वजनिक नभएपनि नवजिवन परोपकार समाजका दुर्गानाथ दाहालले गाईको उपचार गराएका छन ।

उनले गाईको उपचार गराएको फोटो र भिडियो फेसबुक मार्फत सार्वजनिक गरेका छन । उलने फेसबुकमा लेखेका छन ‘तरकारी खायो भनेर खुटा काटेको गाईको उपचारका लागि पुग्दा गाईको खुटा छिन्न मात्र बाँकी रहेको थियो ।’

उनले नर्स दिया भण्डारीले पाकेको घाउ पाकेर पुरै दुर्गन्ध फैलिएको र किरा परेको अवस्थामा गाईको उपचार गरिएको भन्दै धन्यवाद समेत दिएका छन । उनले आफूहरुले गरेको उपचार गाईले बुझेको भन्दै पशु प्राणीले बोल्न नजाने पनि सेवा महशुष गर्ने बताएका छन ।
हेर्नुहोस भिडियो

फोटो

 

प्रकाशित मिति : 19:42