२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

गायिका सिर्जना खत्री र टेक अधिकारीको ‘ओइ माया’ सार्वजनिक


२५ मंसिर, काठमाडौँ । गायिका सिर्जना खत्री र गायक टेक अधिकारीको स्वर रहेको गीत ‘ओइ माया’ सार्वजनिक भएको छ । टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ ।

यस भिडियाेमा हाँस्यकलाकार सुबोध गौतम(एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्कालगायतको अभिनय देख्न सकिन्छ । युवराज खत्रीको निर्देशन रहेको भिडियोमा श्याम तामाङको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ०८:५३