बलिउडकी अभिनेत्री कृति सेननलाई काेराेना संक्रमण
२४ मंसिर, काठमाडाैँ । बलिउडकी अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । फिल्म सुटिङमा व्यस्त सेनन कोरोना पुष्टि भएपछि घर फर्किएकी छिन्। उनले हालै चन्डीगढमा राजकुमार रावसँग एक चलचित्रका लागि सुटिङ गरेकी थिइन्।

उनले आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर राख्दै लेखेकी छिन्, ‘फिल्मको सुटिङ सकिएको छ, म घर फर्कंदै छु।’ यसअघि फिल्म सुटिङ दौरानमा जुग-जुग जियोका स्टार कास्ट अभिनेता वरुण धवन र नीतु कपूरलाई पनि कोरोना संक्रमण भएको थियो।
प्रकाशित मिति : December 9, 2020 at 11:28 am









