२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

वरिष्ठ गायक जगतमर्दन थापाको ८५ बर्षको उमेरमा निधन


२२ मंसिर काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको ८५ बर्षको उमेरमा सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा  निधन भएको छ। उनको निधनको पुष्टि उनका छोरा मोहितमर्दनले गरेका छन् ।

वि।सं २०१३ सालबाट नै रेडियो नेपालबाट सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।बृद्ध अवस्थामा सम्म पनि संगीत अध्यायलाई निरन्तरता दिएका उनले ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।कोरोना संक्रमण भएर मुक्त भएका उनी छातीको समस्याका कारण अस्पतालमा उपचारत थिए ।थापाको निधनप्रति बिभिन्न कलाकर्मीलगायतले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १६:३३