२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

विभिन्न शैलीका नृत्य प्रस्तुत गरेकी ज्योती ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट बाहिरिन्


२२ मंसिर काठमाडौँ । हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट गायिका ज्योती मगर बाहिरिएकी छिन् ।ज्योती बाहिरिएपछि अब यो शोको सेमिफाइनलमा सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य गरेर ४ सहभागी छन् ।

गौरी मल्ल, दीलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायक रहेको शोबाट आफुले धेरै सिक्न पाएको ज्योतीले बताएकी छन् । लोक गायिकाको रुपमा परिचय बनाएकी ज्योतीको भिडियो अभिनय र स्टोज पफमेन्सले उनलाई हट गायिकाको उपनाम दिइएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १४:२९