२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

काठमाडौँसहित देशका विभिन्न भागमा हिलो वर्षा, हल्का वर्ष भए आज पनि देखिने (फोटोफिचर)


२ असार, काठमाडौँ । दुई दिनदेखि परेको हल्का वर्षमा धुलोको कणको मात्र अत्याधिक देखिएपछि धेरै मानिसले आश्चर्य प्रकट गरेका छन । विशेष गरी सामाजिक सञ्जालमा हिलो वर्षासँगै खसेको धुलोको कणका विषयमा प्रश्नहरु उठाएका छन ।

काठमाडौँसहित देशका धेरै जिल्लामा पानीसँगै धुलोको कणहरु देखिएका छन । मौसिविद् वरुण पौडेलले धुलोको कणसहितको वर्षाबाट आत्तिनु नपर्ने बताएका छन । उनले हल्का वर्षा भए आज पनि त्यस्तै देखिने बताएका छन ।

उनले हिजो र अस्ति भारतका दिल्ली, लखनउ लगायतका छेत्रमा निकै ठुलो हुरि बतास चलेको र त्यसरी हुरि बतास चल्दा त्यो क्षेत्रमा लामो समय वर्षा नभएका कारण हावाले ठुलो मात्रामा ल्याएका धुलोका कणहरु नेपालका चुरे सिमानाको आकासमा भरिएर बसेको अनि त्यही धुलो हल्का बर्षा हुदा हिलो नै बनेर जमिनमा वर्षा भएको बताएका छन । नेपालगन्ज क्षेत्रमा ठूलो वर्षा भएका कारण त्यहा देखिएन, तर नेपालगन्ज देखि पुर्ब सर्लासम्म नै त्यस्तो वर्षा भएको उनले बताए । तस्बीरहरूः श्रीधर पाैडेल र प्रतिमा सिलवालको फेसबुकबाट

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०८:४४