१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गर्यो लाभांश

१८ मंसिर, काठमाडाैँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : December 3, 2020 at 11:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/