७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

बाल विवाह गरीदिने भारतीय युवक पक्राउ

१ असार, इटहरी । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् ।उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले बताएको छ ।

गत जेठ ६ गते देवु मुखियाका छोरा रामकुमार मुखियाले सप्तरी जिल्लाको तिरहुता गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग आमाबाबुको मञ्जुरी विना बिवाह गरेर भारतको विहारस्थित घरमा पु¥याएको र बालिकाले त्यसलाई इन्कार गर्दै त्यहाँबाट भागेर नेपाल—भारत सीमा नजिक भण्टाबारी आईपुग्दा उनलाई ललाइफकाइ घरतिर लैजाने कोसिस गर्दैगर्दा प्रहरीले ती दुवैलाई फेला पारेको बताइएको छ ।

बालिकाले विवाह भएका केटा रामकुमारसँग जान नमानेको अवस्थामा प्रहरीले फेला पारेर सोधखोज गर्दा बालविवाह गरेको खुलेकाले बालविवाहकर्ता मुखियासहित बालिकालाई समेत नियन्त्रणमा लिएर सोधखोज एवं अनुसन्धान गर्दै उनीहरुका अभिभावकलाई समेत खोजी अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जानकारी दिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकी बालिकालाई भने सुरक्षार्थ सुनसरी जिल्ला सदरमुकाम इनरुवामा रहेको सेफ हाउसमा राखेको पनि थप जानकारी दिँदै दुवैका बाबुआमा समेतको मञ्जु्रीमा विवाह भएकाले उनीहरुका अभिभावकलाई समेत नियन्त्रणमा लिने तयारी भइरहेको बताएको छ ।

प्रकाशित मिति : 11:07