१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

५ मंसिर, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस संस्थाले आईपीओ निष्कासन गर्नको लागि बोर्डमा मंसिर ३ गते निवेदन दिएको हाे । कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट लिमिटेड रहको छ ।

यस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६४.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५४ लाख ६१ हजार खुद नाफा कमाएको थियो ।

प्रकाशित मिति : November 20, 2020 at 8:30 am