२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

गायिका रचना रिमालको स्वर रहेको गीत ‘पहिलो माया’ सार्वजनिक

२६ कात्तिक, काठमाडाैँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘पहिलो माया’ काे भिडियो सार्वजनिक भएकाे छ । केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रेमकथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’ को संगीत, उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा शब्द पुनम माथेमाले कोरेकी हुन् । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको छ ।

प्रकाशित मिति : November 11, 2020 at 12:45 pm