१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मंगलबार ३४०० ले घट्यो सुनको मूल्य

२५ कात्तिक, काठमाडाैँ । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३४०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

केहि समययता सुनको मूल्यले उचाइ  पाइरहेको थियो । यद्यपी मंगलबार भने सुन घटेको हो । पछिल्लो एक सातामा सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले वृद्धि भएको थियो ।सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो।

प्रतिकात्मक तस्बिर ।

आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : 11:25