३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

१७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक


२४ कात्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । राष्ट्र बैंकले बोलकबोलबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज दिउँसो २ बजे बोलकोबल  गरेर मंगलबार ट्रेजरी बिल विक्री गरिने जनाइएको छ ।

बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल , ९१ दिनका लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल र १८२ दिनका लागि १२ अर्बको ट्रेजरी बिल विक्री गर्न लागेको हो । गैरप्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ । बैंकले यसअघि यही कात्तिक १७ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ११:२६