१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

५१.५४ प्रतिशतले घट्यो एभरेष्ट बैंकको नाफा

२४ कात्तिक, काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफामा गिरावट आएको छ । बैंकले पहिलो त्रैमाससम्ममा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा बैंकको नाफा ६९ करोड ८ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा यो त्रैमासमा ५१.५४ प्रतिशले नाफा घटेको छ ।
बैंकले सार्वजनि गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटले खुद नाफा घट्न  पुगेको हो ।

बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३.३१ प्रतिशतले कर्जा विस्तार गरेको छ भने ९.०६ प्रतिशतले निक्षेप संकलन गरेको छ। यसै अवधिमा बैंकले १ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खराव कर्जा ०.१७ प्रतिशतबाट बढेर ०.२२ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानीमा १६ रुपैयाँले गिरावट आएर १५ रुपैयाँमा झरेको छ।  बैंकले स्प्रेड दर ५.२५ प्रतिशतबाट ३.९४ प्रतिशतमा झारेको छ। यसले बैंकको व्याज आम्दानीमा भारी गिरावट ल्याएको हो।

प्रकाशित मिति : November 9, 2020 at 10:58 am