३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

आइतबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


२३ कात्तिक,  काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । ५ सय रुपैयाँले बढेर आज  छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतिताेला २० रुपैयाँले बढेर १ हजार २ सय ७५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार ११:४०