१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

कुमारी बैंकले गर्यो लाभांश संशोधन

२३ कात्तिक, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। बैंकले अब गत आर्थिक वर्षको मुनाफा तथा प्राप्ति गर्दा कायम रहेको पूँजीगत जगेडा कोषको रकम समेतबाट हाल कायम चुक्ता पूँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बैंकले यस अघि १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। नेपाल राष्ट्र बैंकबाट जारी ईजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने कार्यविधि, २०७७ खण्ड (ख) लाभांश स्वीकृति सम्बन्धी बुँदा नं. ११ को प्रावधान समेत हुने गरी सो संशोधन गरेको जनाएको छ।

कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : November 8, 2020 at 11:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/