३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

रिलायन्स लाइफ इन्स्योरेन्सकाे नाफा ६२.४३ प्रतिशतले बढ्याे


२१ कात्तिक, काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा इन्साेरेन्सको नाफा ६२.४३ प्रतिशतले बढेर ३ करोड ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा इन्स्योरेन्सले १ करोड ८५ लाख १४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक वृद्धि भएको छ । पहिलो त्रैमाससम्ममा खुद बिमा शुल्क ९१.९७ प्रतिशतले बढेर ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २४ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्कमा आएको वृद्धिले पनि नाफा बढाउन सहयोग गरेको हो ।


असोज मसान्त सम्म आइपुग्दा जीवन बिमा कोष १४६.९१ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा ५६ करोड ५२ लाख ४१ हजार रुपैयाँ मात्रै थियो । असोज मसान्तसम्ममा रिलायन्स लाइफको प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १७:१२