३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

नेप्सेमा ४ कम्पनीको २ करोड १५ लाख कित्ता शेयर सूचिकृत


२१ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ४ वटा कम्पनीको २ करोड १४ लाख भन्दा बढी कित्ता शेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचिकृत भएको हाे ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीकाे ४ लाख १० हजार ८८० कित्ता सेयर सूचिकृत भएको हो । त्यस्तै  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कम्पनीको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे १३ लाख ७३ हजार १.७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता सेयर यस साता नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १४:३३