३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

घट्यो शेयर बजार, २ अर्ब ८२ करोड बढीको कारोबार


२० कात्तिक,  काठमाडौँ ।  साताको अन्तिम दिन बिहिबार पनि शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.४७ अंकले घटेर १ हजार ६३६.१७ मा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.११ अंकले घटेर ३२४.३८ मा पुगेको छ ।


कूल २ सय वटा कम्पनीको ९० लाख ७७ हजार १ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ७९ लाख ८३ हजार ६ सय १ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा बुधबारको तुलनामा बिहिबार कारोबार रकम बढेको छ । बुधबार एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको थियो । स्टकका अनुसार बिहिबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १६:१६