३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश , बोनस शेयर र नगद कति ?


२० कात्तिक, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। । बैंकको बुधबार साँझ बसेको संचालक समितिकाे बैंकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको बुधबार साँझ बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ रहेको छ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १०:५३