१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

एभरेष्ट बैंकको अत्यन्त जरुरी सूचना

१६ कात्तिक, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।  विगत केही दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभिन्न मोबाइल नम्बरहरूबाट विभिन्न व्यक्तिहरूलाई “तपाईंकाे नाममा चिठ्ठा परेको छ भन्दै फोन गरी ठगि गरिरहेको बताउँदै भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई बैंकले आग्रह गरेको छ ।


तपाईलाई चिट्ठा परेको छ, साे चिठ्ठाकाे रकम प्राप्त गर्नकाे लागि तपाईंले बुझाउनु पर्ने कर बराबरको रकम तत्काल एभरेष्ट बैंक लिमिटेडमा रहेको खातामा जम्मा गर्नुहाेला” भनी सर्वसाधारणलाई लाेभ प्रलाेभन देखाउँदै रकम जम्मा गर्न लगाईरहेकाे जानकारी प्राप्त भएकाेले बैंकले यस्ता भ्रामक सूचनामा विश्वास नगर्न सबैलाइ आग्रह गरेको हो ।

प्रकाशित मिति : November 1, 2020 at 11:26 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/